काठमाडौँ। मञ्जुश्री फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। फाइनान्सले ८ लाख ३९ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीको संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। काठमाडौँको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
यसका लागि ३५ दिनको समय दिइएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्ड उक्त निवेदन सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

