काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ अध्यक्ष पाएको छ। बैंकको अध्यक्षमा सहसचिव सुमन दाहाल नियुक्त भएसँगै बैंकले नयाँ अध्यक्ष पाएको हो।
सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने वा मार्गप्रशस्त गर्न निर्देशन दिने नीति लिएसँगै बैंकका तत्कालीन अध्यक्षले राजीनामा दिएका थिए।
यसअघि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल थिए।
सोही रिक्त स्थानमा अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकलाई नयाँ नियुक्ति गरेको हो।


