स्वरोजगार लघुवित्तको १७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवितले एक सूचना जारी गर्दै आजदेखि १७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ३३७ कित्ता सेयर बिक्रीमा राखेको हो।

संस्थाले सो सेयर सर्वसाधारले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। यसअघि सो शेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेकोमा उनीहरुबाट सो सेयरमा निवेदन नपरेपछि अब भने सर्वसाधारका लागि बिक्रीमा राखेको हो।

सो सेयर खरिद गर्न इच्छुक खरिदकर्ताले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनकर्ताले संस्थाको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोकमा रहेको प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै