काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थीका लागि कर्मचारी माग गरेको हो ।
आवेदन दिने व्यक्तिको उमेर हद १८ पूरा भई ३० वर्ष र महिलाको हद भने ३५ वर्ष ननाघेको हुनुपर्ने लघुवित्तले जनाएको छ।
कम्प्युटर ज्ञान तथा मोटरसाइकल स्कुटर लाइसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ । कार्य क्षेत्र नेपालभर ग्रामीण, पहाडी तथा हिमाली क्षेत्रमा रहने संस्थाको भनाई छ ।
परीक्षा दस्तुर ५ सय रुपैयाँ लाग्नेछ । इच्छुक तथा योग्यता पुगेकाले जेठ २७ गते कार्यालय समयसम्म दरखास्त पेस गर्न सक्नेछन् । यो हेर्नुहोस्:


