एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान

काठमाडौँ । एनआईसी एशिया बैंकले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरिदिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर-१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरिदिए हो ।

विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो ।

१६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको उक्त विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई ज्येष्ठ ८ गते एक कार्यक्रमकाबीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै