मुक्तिनाथ विकास बैंकका सिइओ मानन्धरले सम्हाले कार्यभार

काठमाडौँ। मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तारा मानन्धरले कार्यभार सम्हालेका छन्। बैंकका सिइओ मानन्धरले जेठ १ गतेदेखि कार्यभार सम्हालेका हुन्।

बैंकका तत्कालीन सिइओ प्रद्युमन पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएसँगै बैंक सञ्चालकले सिइओमा उनलाई नियुक्त गरेको थियो।

बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी जेठ १ गतेबाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।

मानन्धरले विभिन्न वाणिज्य बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै