काठमाडौँ। स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका ५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सोही गाउँपालिका ४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन्।
बाँकेको नेपालगंज उपमहानगरपालिका ३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको छ ।
हाल प्रहरीले यस घटनामा थप अनुसन्धान भईरहेको छ।

