वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै वित्तीय अनुशासन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

राष्ट्र आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्ने जनाएको छ।

राष्ट्र बैंकले बचत गर्ने बानीले अनावश्यक खर्च हुनबाट जोगाउनका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनावसमेत कम गर्ने जनाएको छ।

‘त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौँ, मासिक बजेट बनाऔँ, अनावश्यक कुरामा खर्च नगरौँ, अनिवार्य रुपमा नियमित बचत गरौँ’, सूचनामा भनिएको छ, ‘आवश्यक भएमा मात्र ऋण लिऔँ र लिएको ऋणले सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौँ।’ यो हेर्नुहोस्:

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै