गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले करिब ४८ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको ४७ हजार ९२६.६५ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त  सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ भने यसका लागि ३५ दिनको समय दिइएको छ।

संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्