चेक अनादर मुद्दामा चार जना पक्राउ

काठमाडौँ। चेक अनादर मुद्दामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका दिपक भण्डारी, बरगत ओली, धर्मराज भण्डारी र अर्घाखाचीका सुर्य बहादुर केसी रहेका छन्।

उनीहरूलाई रुपन्देही जिल्ला अदालतले चेक अनादर मुद्दामा जरिवाना फैसला गरेको थियो। दिपक भण्डारी र धर्मराज भण्डारीलाई २ हजार, बरगत ओलीलाई तीन हजार र केसीलाई १ हजार ५ सय जरिवाना फैसला भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्