वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ? (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार केही बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन्।

हालसम्म प्राप्त तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर चैत महिनाकै निरन्तरता दिने बैंकहरुमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र कृषि विकास बैंक छन्।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, नेपाल बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत र कृषि विकास बैंकले ४.१५ प्रतिशतले ब्याज दिने भएका छन्।

वाणिज्य बैंकहरुमा ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिजिटन्स बैंक र कुमारी बैंक छन्। वैशाखमा सिद्धार्थ बैंकले ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, एनआईसी एसिया बैंकले ४.७५ प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, सिजिटन्स बैंकले ४.१५ प्रतिशत र कुमारी बैंकले ४.०५ प्रतिशत ब्याज दिने भएका छन्।

वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएर वैशाखमा ५.१० प्रतिशत दिने भएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै