काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग बैंक ब्यालेन्स लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको पाइएको छ।
गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको सेयर, सेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँको लगानी (धितोपत्र बजारमा कारोबार हुने), व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि रहेको पाइएको छ।
त्यस्तै, पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा, बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा, बैंक ब्यालेन्स लक्ष्मी सनराइज बैँकमा ५ लाख ३५ हजार, नबिलमा ५६ लाख २५ हजार, ८९ तोला सुन र चाँदी ६ किलो ( पैतृक सम्पत्ति) रहेको खुलासा भएको छ।

