अर्थमन्त्रीको बैंक ब्यालेन्समा १ करोड ९० लाख पैसा, ऋण ३ करोड ५५ लाख, चार करोड माथिको सेयर !

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको पाइएको छ।
साथै, उनीसँग ऋण ३ करोड ५५ लाख रुपैयाँ, ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको अपार्टमेन्ट, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट,
तनहुँमा २ करोडको घर र पाँच कम्पनीमा चार करोड माथिको सेयर रहेको पनि पाइएको छ।
त्यस्तै उनीसँग सुन ४५ तोला, ९४ लाख रुपैयाँमा खरिद गरेको ‘सुबारु एक्सभी’ गाडी,  जग्गा तर्फ काठमाडौँको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानुमा ६ रोपनी जग्गा पनि रहेको पाइएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै