स्रोत नखुलेको ८ लाख सहित दुई जना पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका ४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका १ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन्।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ बाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३९०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै