सरकारले करिब २८ अर्ब सहुलियत ऋण लिने

काठमाडौँ। विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट सरकारले  करिब २८ अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर गरी कुल ९० मिलियन डलर सहुलियत ऋण लिने सरकारले निर्णय गरेको हो।

दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्