बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी बढ्यो

काठमाडौँ। बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी ३ प्रतिशत बढीले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को ८ महिना फागुनसम्मको तथ्यांकले पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी ३ प्रतिशत बढीले बढेको देखाएको हो ।

फागुनसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ६६ अर्ब २३ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को फागुनसम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ४४ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा अवधिसम्म बीमकको लगानी ३.३७ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको फागुनसम्ममा कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिसम्म कोषले १ खर्ब ७७ अर्ब ३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको लगानी २.४५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४९ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४२ खर्ब ६२ अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप १६.६१ प्रतिशतले बढेको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै