सेन्ट्रल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सेन्ट्रल फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले आजदेखि १२ हजार बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक सेयरधनी नवीन प्रजापतिको नाममा रहेको १२ हजार ४२१ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी पहिलो प्राथमिकता दिएकाे छ ।

कम्पनीका अनुसार सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यो सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा सेयर रजिस्ट्रार एनएमबी क्यापिटल मार्केट्स मार्फत आवेदन दिनुपर्नेछ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै