काठमाडौँ। नेष्डो समृद्ध लघुवित्तकी अध्यक्ष सावित्री खत्री लामिछानेले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनले दिएको राजीनामा स्वीकृत भएको छ ।
चैत २१ गते बसेको सञ्चालक समितिको बैंठकले लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको हो ।
राजीनामा चैत ८ गतेदेखि लागूहुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
रिक्त रहेको पदमा सञ्चालकहरु मध्ये रेशम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

