सिटी वालेट र छिटो पैसा एक आपसमा मर्ज

काठमाडौँ। सिटी वालेट र छिटो पैसा एक आपसमा मर्ज भएका छन्।  नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एक आपसमा गाभिएका हुन् ।

दुबै कम्पनीबीच भएको यस रणनीतिक मर्जरले बजार प्रतिस्पर्धालाई थप तीव्र बनाउने मात्र नभई प्रयोगकर्तालाई अझ व्यापक र सुविधाजनक सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यो मर्जरपछि नवगठित संस्थाले आफ्नो सेवा दायरा विस्तार गर्दै देशभरिका शहरी तथा ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानी पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। सिटी वालेट जसले विगत केही वर्षदेखि शहरी क्षेत्रमा राम्रो उपस्थिति बनाएको थियो र छिटो पैसा जसले विशेषगरी रेमिट्यान्स र छरितो ट्रान्जेक्सन सेवामा बलियो पकड राखेको थियो अब एउटै प्लेटफर्ममार्फत सेवा दिने भएका छन्।

कम्पनीका अधिकारीहरूका अनुसार मर्जरपछि प्रयोगकर्ताले एकीकृत एपमार्फत बिल भुक्तानी, मोबाइल रिचार्ज, फण्ड ट्रान्सफर, क्यूआर भुक्तानी, रेमिट्यान्स सेवा लगायतका सुविधाहरू सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

यसले प्रयोगकर्ताको समय बचत गर्नुका साथै लेनदेन प्रक्रियालाई अझ सुरक्षित र छरितो बनाउने विश्वास लिइएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै