काठमाडौँ। नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ। राष्ट्र बैंकको नियम उल्लङ्घन गरेको पाइएपछि दुई मनी चेन्जरको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको हो।
राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो।
यसरी लाइसेन्स रद्द हुनेमा विरानगर १५ स्थित अमृत लक्ष्मी मनी चेन्जर र सुपर फाइन मनी चेन्जर छन्।
यी दुबै लाइसेन्स तोकिएको अवधिभित्र नवीकरण नगरिएकोले रद्द गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ।

