जेनजी आन्दोलनपछि ८७३ ऋणी प्रभावित हुँदा ३७ अर्ब नोक्सान

काठमाडौँ । भदौ २३-२४ को घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले बैंकिङ क्षेत्रका प्रमुख समस्या र समाधानका उपाय प्रस्तुत गरेको छ। प्रतिवेदनमा निजी बैंकहरूको विकासका लागि सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।

बैंकभित्र हुने आर्थिक अपचलन रोक्न सरकार, नियामक निकाय र राष्ट्र बैंकबाट कडा अनुगमन आवश्यक रहेको पनि सुझाव दिइएको छ।

आयोगले हाल न्यून ब्याजदर हुँदा पनि कर्जाको माग कम रहेको, तरलता व्यवस्थापनमा समस्या देखिएको, खराब कर्जा बढ्दै गएको, कर्जा असुली चुनौतीपूर्ण बनेको, गैर-बैंकिङ सम्पत्ति बढेको र नाफा घट्दै गएको अवस्थालाई प्रमुख समस्या रूपमा औंल्याएको छ।

समाधानका लागि स्थानीय र प्रहरी प्रशासनको सहयोग, बैंकिङ तथा वित्तीय कानुन संशोधन, ग्रे-लिस्ट समस्याको समाधान तथा भ्रामक समाचार नियन्त्रणमा जोड दिइएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै