रास्वपाले राष्ट्र बैंकका गभर्नरलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने, प्रष्ट प्रतिष्पर्धाबाट अर्को गभर्नर बनाउने !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल राष्ट्र बैंकका गभर्नरसहितको राजनीतिक नियुक्ति खारेज गर्ने भएको छ । पार्टी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नरसहितका अन्य राजनीतिक नियुक्ति खारेज गर्नेगरी तयारी भएको छ ।
सुरुमा आफैं राजिनामा गर्न आग्रह गर्ने, नभए राजनीतिक नियुक्ति नै खारेज गर्ने तयारी रहेको रास्वपाका नेताहरुको छ । ‘सबै नियुक्तिहरु अव मेरिटका आधारमा हुन्छन् । त्यसमा राष्ट्र बैंक पनि पर्छ । बरु, पछि आफु काबिल छु भनेर दाबी गर्न पाइयो, सोहि अनुसार पुनर्नियुक्ति पनि सम्भव होला, तर अहिलेका लागि सबैले आफ्नो पदबाट राजिनामा दिनुपर्छ, त्यसमा गभर्नर पद त पर्ने नै भईहाल्यो ।’
गभर्नरमात्र नभई नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका जीएम, लगायतका अन्य राजनीतिक नियुक्तिमा पनि रास्वपाले काबिल मान्छे ल्याउने तयारी गरेको छ ।  ‘राष्ट्र बैंकको गर्भनरसहित ३० देशका राजदूत, महान्यायधीवक्ता समेतका पदमा सरकारबाट राजनीतिक नियुक्ति हुने गरेको छ । त्यस्ता पदमा नियुक्त हुने राजनीतिक व्यक्ति सबैको नियुक्ति कसरी भएको छ भन्ने हेरिनेछ । राजनीतिक कनेक्सन भएका कारणले मात्रै पद पाएकाहरुको नियुक्ति खारेज हुनेछ ।’
रास्वपाले यस्तो एक्सन लिए राष्ट्रिय बाणिज्य बैंकका संचालक हरि सिलवाल, अध्यक्ष देवकुमार ढकालको पनि पद जानेछ । ढकाल आफ्नै सहकर्मी माथि दुर्व्यवहार गरेको अभियोगमा दोषी प्रमाणित व्यक्ति हुन् भने सिलवाल एमाले नेता विष्णु पौडेलको पावर लगाएर गैरकानुनी रुपमा नियुक्ति लिने व्यक्ति हुन् । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालक भएकै कारण उनलाई छुटसमेत हुन सक्ने विश्लेषण भईरहेको छ । तर रास्वपाका नेताहरु भने रास्वपाकै मान्छे भए पनि गलत रुपमा आएकाहरुले पद छोड्नु पर्ने बताउँछन् ।
यस्तै नेपाल बैंकका सीइओ, कृषि बिकास बैंकका अध्यक्षको पद पनि धरापमा परेको छ । एमाले नेता भएकै कारण विवादित छविका डिम प्रकाश पौडेललाई कृषि बिकास बैंकको अध्यक्ष पदमा नियुक्ति दिईएको थियो भने नेपाल बैंकका सीइओले पनि राजनीतिक नियुक्ति लिएका थिए ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै