सिटिजन्स बैंक घोटला प्रकरण: किर्ते गरेर रकम अपचलन गरेको केस भित्रभित्रै मिलाउन खोजियो, करोडौं रकम गायब !

काठमाडौँ। सिटिजन्स बैंकमा भएको किर्ते गरेर रकम अपचलन गरेको केस बैंकले भित्रभित्रै मिलाउन खोजेको पाइएको छ। बैंकमा भएको किर्ते गरेर रकम अपचलन गरेको केस बैंकले भित्रभित्रै मिलाउन खोजेको तर पछि सम्भव नभएपछि प्रहरीकहाँ पुगेको तथ्य बाहिर आएको छ ।

बैंकले घोटाला भएको रकम फिर्ता भएको खण्डमा छोडिदिने भन्दै घोटाला गर्ने कर्मचारीलाई समय दिएको तर दिईएको समयमा पनि पैसा नआएपछि बल्ल प्रहरीकहाँ केस पुगेको खुलासा भएको हो ।

बैंकका कर्मचारीले बैंकमा रहेको रकम दुरुपयोग भएको केस बाहिरिएका बेला बैंकको खाताबाट करोडौं रकम गायब भएको प्रकरणसमेत अझै नसुल्झिएको पाइएको छ ।

केहि समय अगाडी मात्रै बैंकको खातामा रहेको करोडौं रकम गायब भएपछि खातावाल कम्पनी प्रहरीमा उजुरी लिएर गएको थियो ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै