हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ८ लाख ३८ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ८ लाख ३८ हजार १४९.६३ कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै