‘कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेका छौँ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन्। फागुन २८ गते आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

उनले चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेको जनाएका छन्। सँगै उनले कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ पनि भनेका छन्।

उनले भने, ‘चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ। कालोसूचीमा राख्नुपर्ने कति हुन। कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौँ।’ यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु।’

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै