काठमाडौँ। बैंकहरूबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ७ महिना माघसम्म बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३५.६६ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म बैंकहरुबाट १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
चालु आर्थिक वर्षको माघसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ९ अर्ब ६८ करोड ६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष माघसम्म यो रेन्जको कर्जा ७६ अर्ब ४० करोड १४ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४३.५६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ५१ करोड १२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष माघसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब २५ करोड १४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २७.३० प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १८.३४ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १०.२७ प्रतिशतले बढेको छ।

