बालेनको चुनाव खर्च १४ लाख, के केमा भयो खर्च ? (विवरणसहित)

काठमाडौँ। बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावमा १४ लाख रुपैयाँ बढी खर्च गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेनले चुनावमा १४ लाख ७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक मतले विजयी भएका बालेनले चुनावमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

उनले सबैभन्दा धेरै खर्च वडास्तरीय प्रचार कार्यक्रम (१५ दिने घरदैलो)मा ५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्। विवरणअनुसार बालेनले १५ दिनका लागि इन्धनसहित २ वटा सवारीसाधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च गरेका छन्।

यता हवाई भाडा (५ पटक)का लागि बालेनले ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० रुपैयाँ रुपैयाँ र नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्चेका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै