मार्केट हल्ट भनेको के हो ? (बैंकिङ साक्षरता भाग १७)

काठमाडौँ। मार्केट हल्ट भनेको सेयर बजारमा कुनै समयका लागि कारोबार अस्थायी रूपमा रोक्ने व्यवस्था हो। यो कारोबार सुरूभएपछि प्राय: स्टक एक्सचेन्जले लगाउँछ।

बजारमा अत्यधिक उतार चढाव वा महत्वपूर्ण सूचना आउँदा लगानीकर्ताले सोचेर निर्णय गर्न सकुन भनेर नै नेप्से परिसूचकले मार्केट हल्ट गरिदिन्छ।

जब बजारमा मूल्य धेरै छिटो बढ्छ वा घट्छ, महत्वपूर्ण समाचार आउँछ, वा प्राविधिक समस्या देखिन्छ, तब स्टक एक्सचेन्जले लगानीकर्तालाई सोचेर निर्णय गर्न समय दिन र बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्न यस्तो रोक लगाउँछ।

नेप्से परिसूचकले यो व्यवस्था लागू गर्छ। उदाहरणका लागि, नेप्से इन्डेक्स छोटो समयमा निश्चित प्रतिशतले बढे वा घटेमा केही समयका लागि कारोबार रोकिन्छ। यसको मुख्य उद्देश्य बजारलाई स्थिर बनाउनु, आतिंदाहुने किनबेच कम गर्नु र सबै लगानीकर्तालाई उपलब्ध जानकारीको आधारमा उचित निर्णय गर्न अवसर दिनु हो।

आज पनि मार्केट हल्ट भएको छ। मार्केट खुलेको १ मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट हल्ट भएको हो  ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्