के बैंक खाता नखोल्ने दल र उमेदवारलाई कारवाही हुन्छ ?

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले बैंक खातामार्फत आफ्नो आम्दानी र खर्च देखाउनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । आयोगले यसैबारे स्पष्ट चेतावनी पनि दिएको छ ।

आयोगले भनेको छ, ‘दल वा उम्मेदवारले बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ प्रणालीमार्फत खर्च नदेखाए त्यसलाई निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिनेछ र सोअनुसार कारबाही गरिनेछ । यसमा मनोनयन रद्द हुने, जरिवाना लाग्ने वा अन्य कानुनी प्रक्रिया अघि बढाइने सम्भावनाहरू पनि रहन्छन् ।’

निर्वाचनलाई पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले आयोगले सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई खुद्रा नगद कारोबार नगरी बैंक खातामार्फतै सबै आम्दानी तथा खर्च देखाउनुपर्ने व्यवस्था लागू गरेको हो ।

यसै सन्दर्भमा आयोगले यस व्यवस्था पालन नगर्ने पक्षलाई निर्वाचन कानून र आचारसंहिता अनुसार कारवाही हुने चेतावनी प्रदान गरेको अवस्थामा धेरै दल तथा उम्मेदवारले अझैसम्म बैंक खाता नखोलेको पनि जानकारी दिइएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै