काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। बैंकको कालोसूचीमा परेका धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण फेलापरेपछि साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो।
उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।

