स्रोत नखुलेको नगदसहित विशाल टुडु पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडु रहेका हुन्।

उनी ४ लाख ६२ हजार ५ सय रुपैयाँसहित मोरङबाट पक्राउ परेका छन्। मोरङको कटहरी गाउँपालिका ३ बाट उक्त रकमसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.०२ ००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक उनकाे साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो।

हाल यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै