काठमाडौँ। जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश कुमार शर्मा पुन: नियुक्त भएका छन्। फाइनान्सको सिइओमा दिनेश कुमार शर्मा पुन: दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।
शर्मालाई कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २९ गतेबाट लागू हुनेगरी सो पदमा नियुक्त गरेको हो।
उनी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्।


