लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बेच्दै

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख १६ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ३ लाख १६ हजार ३०६ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्