नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ७१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

सेयर खरिदका लागि ७ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौँको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा पेस गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्