राष्ट्रिय सहकारी बैंकमा रोजगारीको अवसर

काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रमुख वित्त अधिकृत पदमा काम गर्नका लागि कर्मचारी माग गरेको हो।

उक्त क्षेत्रमा ३ वर्ष काम गरेको अनुभवभएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ। आवेदन दिने उम्मेदवारको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ र व्यवस्थापन मानविकी (अर्थशास्त्र) वा वाणिज्यशास्त्र विषयमा न्यूनतम द्धितिय श्रेणी वा सो सरहको अंकसहित स्नाकोत्तर तह उत्तिण गरेको हुनुपर्नेछ ।

त्यस्तै, सर्टलिस्टमा परेका आवेदकलाई मात्रै आगामी चरणको छनौट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै