वाणिज्य बैंकका ऋणीहरूले ६ महिनामा तिरे २ खर्ब बढी ब्याज !

काठमाडौँ। वाणिज्य बैंकका ऋणीहरूले ६ महिनामा २ खर्ब बढी ब्याज तिरेको पाइएको छ। हाल संचालनमा रहेका २० वाणिज्य बैंकका ऋणीहरूले ६ महिनामा २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका हुन्।

गत आर्थिक वर्षको ६ महिनासम्ममा भने बैंकका ऋणीहरूले २ खर्ब ५४ अर्ब २ करोड ९२ लाख रुपैयाँ ब्याज तिरेका थिए। जुन चालू आर्थिक वर्षमा ९.१३ प्रतिशतले यस्तो ब्याज घटेको हो।

बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार ऋणीले चालू आर्थिक वर्षको पुससम्ममा ग्लोबल आइएमई बैंकलाई २० अर्ब ८ करोड ७० लाख रुपैयाँ ब्याज तिरेका छन् भने नबिल बैंकलाई १९ अर्ब २० करोड ८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगालाई १६ अर्ब १३ करोड ८५ लाख, कुमारीलाई १५ अर्ब १७ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकलाई १४ अर्ब ४८ करोड ४० लाख, लक्ष्मी सनराइजलाई १२ अर्ब ८२ करोड र एनआईसी एसिया बैंकलाई १२ अर्ब ३ करोड ३० लाख ऋण तिरेका छन्।

त्यस्तै, प्रभु बैंकलाई ११ अर्ब ७२ करोड ६५ लाख, हिमालयन बैंकलाई ११ अर्ब ८१ करोड १७ लाख, प्राइम कमर्सियललाई ११ अर्ब २१ करोड ८४ लाख, एनएमबीलाई १० अर्ब ६५ करोड ३५ लाख, कृषि विकास बैंकलाई १० अर्ब ४६ करोड ५ लाख रुपैयाँ, सिद्धार्थ बैंकलाई १० अर्ब ४३ करोड १२ लाख, नेपाल बैंकलाई १० अर्ब ३७ करोड ७६ लाख, एभरेष्ट बैंकलाई १० अर्ब १७ करोड ८० लाख र सानिमा बैंकलाई ८ अर्ब ४६ करोड ६३ लाख तिरेका छन्।

यता सिटिजन्स बैंकलाई ७ अर्ब ७२ करोड ३८ लाख, नेपाल एसबिआई बैंकलाई ७ अर्ब २७ करोड, माछापुच्छ्रे बैंकलाई ६ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्डलाई ३ अर्ब ७२ करोड ७० लाख रुपैयाँ तिरेको तथ्यांकले देखाएको छ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै