ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा फाल्गुन २८ गते

काठमाडौँ। ज्योति विकास बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा फाल्गुन २८ गते बिहीबार गर्ने भएको हो।

सभा बिहान ११ बजे लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा गर्ने भएको हो । बैंकको फागुन ५ गते मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।

सभाले आर्थिक वर्ष २०८१-८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंकको २०८२ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व.२०८१-८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै