काठमाडौँ। वाणिज्य बैंकहरूले फागुन महिनामा थप ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
यो घटोत्तरीसंगै ब्याज बर्षौंपछि सबैभन्दा सस्तो भएको छ । फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा कायम भएको छ ।
फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ पनि ब्याजदर घटेको छ । फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ३.३३ प्रतिशतमा झरेको छ ।
फागुन महिनाका लागी ब्याजदर घटाएका बैंकमध्ये मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत , नेपाल एसबीआई बैंकले २.७७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले २.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत, सिद्धार्थ बैंकले ३.५० प्रतिशत, सानिमा बैंकले ३.३० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याज दिनेछन् ।
यता नेपाल बैंकले ३.२५ प्रतिशत, कुमारी बैंक ३.५० प्रतिशत, लक्ष्मी सनराइज बैंक ३.२५ प्रतिशत, सिटिजन्स बैंकले ३ प्रतिशत, प्रभु बैंकले २.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ प्रतिशत, एनएमबि बैंकले ४ प्रतिशत, हिमालयन बैंक ४ प्रतिशत, नबिल बैंकले ३.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर दिने भएका छन्।

