काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देव कुमार ढकाल चुनाव लगत्तै बैंकको अध्यक्षबाट हट्ने भएका छन् । महिला आयोगबाट महिला हिंशामा दोषी ठहर भएर पनि बैंकको अध्यक्षमा एमालेको आशिर्वादले बसिरहेका उनी नयाँ सरकार आउने बित्तिकै हट्ने भएका हुन् ।
नयाँ सरकारमा एमाले आए पनि प्रतिपक्षीको दबाब र रास्वपाको सरकार आए नैतिकताको दबाबले उनी बैंकको अध्यक्षबाट हट्ने भएका हुन् । उनीसँगै बैंकका संचालक हरि सिलवाल पनि हट्नेछन् । सिलवाल पनि गैरकानुनी रुपमै बैंकमा छन् ।
यता बैंकले चुच्चे नक्साको ठाउँमा पूरानै नक्सा राखेर प्रचार प्रसार गरेपछि माओवादी समर्थक सिइओको चौतर्फी विरोध भएको छ । माओवादी समर्थक भएकै कारण राजनीतिक नियुक्ति पाएका देवेन्द्र रमण खनालको निर्देशनमा गैरकानुनी काम गरेको भन्दै चौतर्फी विरोध भएको हो ।
सामाजिक संजालमा थुप्रैले देशका नाममा मजाक नगर्न समेत बैंकलाई चेतावनी दिएका छन् ।


