काठमाडौँ। सानिमा बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको हो।
नेपाल धितोपत्र बोर्डले बैंकलाई एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो।
जसअनुसार अब सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्ने भएको छ। उक्त अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत हुनेछ भने बैंकले मुनाफा भएको वर्षमात्र वितरण गर्ने पनि जनाएको छ।
त्यस्तै, अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल रहेको छ।


