काठमाडौँ। गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको कुल ६३ हजार २०० सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यामान संस्थापक सेयरधनीलाई दिनुपर्नेछ।
संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ। इच्छुकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौँमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।
बैंकले तोकेको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।


