सिटिजन्स बैंकको नाफा ४५.७८ प्रतिशतले घट्यो, खराब कर्जा ६.८६ प्रतिशत पुग्यो, ईपीएस घटेर ४.६३ रुपैयाँ कायम !

काठमाडौँ। सिटिजन्स बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले ६६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा अहिलेको नाफा ४५.७८ प्रतिशतले घटेको छ।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस अबधीमा बैंकको सञ्चालन मुनाफा ५० करोड ४१ रुपैयाँमा भएको छ भने  बैंकले ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

साथै, बैंकको ब्याज आम्दानी २.२८ प्रतिशतले बढेको छ। चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ १ अर्ब १० करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षसम्म बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.८६ प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.६३ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ४१.६८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै