काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १०४.८३ प्रतिशत बढी हो । समीक्षा अवधिमा लघुवित्तले ८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दान गरेको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेको हो । अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशत बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, १२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ। ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा रहेको छ।
लघुवित्तको प्रतिसेयर आम्दानी पनि २६ रुपैयाँ ५५ पैसाले बढेर ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ।

