काठमाडौँ। सुन कर्जा लिनेहरू बढेको पाइएको छ। सुन धितोमा राखेर बैंकबाट ऋण लिनेहरू बढेको पाइएको हो।
शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९२०० रुपैयाँले बढेको हो ।
पछिल्लो समय सुनको मूल्य ह्वात्यै बढेपछि आफ्नो खर्च तथा व्यवहार मिलाउन सुन धितोमा राखेर बैंकबाट ऋण लिनेहरू बढेको पाइएको हो।
‘गोल्ड लोन’ लाई अन्य ऋणहरुको तुलनामा ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्ने छिटो र सहज माध्यमका रुपमा लिने गरिन्छ भने बैंकहरुले पनि यो शीर्षकको कर्जालाई सुरक्षित मान्ने गरेका छन् ।
कारोबारको अघिल्लो दिन प्रतितोला २९२२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९२०० रुपैयाँले बढेर ३०१४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
साथै, चाँदीको मूल्य ३२० रुपैयाँले बढेर प्रतितोला ६१९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

