काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाई तथा कुखुरापालन तालिम प्रदान गरेको छ। लघुवित्तकाका सदस्यहरुलाई व्यावसायिक गाई तथा कुखुरापालन तालिम प्रदान गरिएको हो।
सुनसरीको दुहबीस्थित पशु सेवा तालिम केन्द्रको आयोजना तथा डिप्रोक्स लघुवित्तको व्यवस्थापनमा गत पुस १७ गतेदेखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५७ जना गाईपालन गर्ने सदस्यलाई ६ दिने स्थलगत गाईपालन तालिम प्रदान गरिएको छ।
लाघुवित्तले पुस २३ गतेदेखि २७ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरापालक सदस्यलाई ५ दिने स्थलगत कुखुरापालन तालिम प्रदान गरिएको जनाएको छ। उक्त तालिममार्फत ग्रामीण महिला सदस्यको क्षमता अभिवृद्धि गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो।
यस तालिमबाट सहभागी पशुपालक सदस्यको दीर्घकालीन रुपमा आयवृद्धि हुने विश्वाससमेत संस्थाले लिएको छ।

