काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीले एचआर प्रमुखलाई नै कालोमोसो दलेका छन् । जथाभावी काम गरेको भन्दै कर्मचारीहरुले उनलाई कालोमोसो दलेका हुन् ।
अहिले सो लघुवित्तमा कर्मचारीहरु आन्दोलित छन् । हाल लघुवित्तको काम कारवाही ठप्प भएको छ ।
सिइओको राजिनामा माग्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि लघुवित्तको काम ठप्प भएको हो । नेरुडे लघुवित्तमा कर्मचारीले तालाबन्दी गरेका छन् ।
आफ्ना मागहरु प्रति संस्था सिरियस नभएको भन्दै उनीहरुले संस्थामा तालाबन्दी गरेका हुन् ।

