काठमाडौँ। एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति बढेको पाइएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ६.०४ प्रतिशतले बढेको पाइएको हो।
यस अबधीमा बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ । गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म यो रकम ४ अर्ब १४ करोड रुपैयाँ थियो।
गत वर्षको तुलनामा गैरबैंकिङ सम्पत्तिमा ६.०४ प्रतिशतको वृद्धि भएको देखिन्छ।


