काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्तका सिइओलाई कर्मचारीले कार्यालयमै थुनेपछि प्रहरीले उद्धार गरेको छ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका कर्मचारीले सीइओ केशब पौडेललाई थुनेपछि प्रहरी आएर उनलाई घर पठाएको पाइएको हो ।
उनी सम्पदा लघुवित्तमा रहँदा नक्कली नागरिकता उपर ऋण दिएको पाइएपछि त्यहाँबाट छोडेर नेरुडे मिर्मिरे लघुवित्त पुगेका थिए ।

