PRABHU BANK

सनराइज बैंक र एफवान सफ्टबीच सझौता, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र एफवान सफ्टबीच सम्झौता भएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँग सम्झौता गरेको हो । बैंकले एफवान सफ्टको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर योजना ल्याएको जनाएको छ ।
बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कात्र्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एप्समार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानीलगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई १ थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।
साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक प्रदान गर्ने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै