‘एउटा बैंकले अर्को बैंकसँग समन्वय गर्नुपर्छ’

काठमाडौँ। भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले बैंकहरुले एकअर्कासँग समन्वय गर्नुपर्ने बताएका छन्। मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर मल्होत्राले शंकास्पद कारोबारहरु पत्ता लगाउन बैंकहरुले एकअर्कासँग समन्वय गर्नुपर्ने बताएका हुन्।

बैंकहरुसहित सबै वित्तीय संस्थाहरुलाई नियमहरु केवल औपचारिकताका रुपमा पालना गर्नुको सट्टा पछाडिको वास्तविक उद्देश्य र भावना बुझ्न उनले आग्रह गरेका छन्।

डिजिटल फ्रडप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । मल्होत्राले डिजिटलाइजेसनले बैंकिङको दायरा विस्तार गरेको र सञ्चालनलाई तीव्र बनाएको बताएका छन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै